आइतबार, भाद्र २८ गते २०८३
images

आइओएफटिसीको १५ औं संस्करण नेपालमा हुने

एक्सप्रेस पाना
जेठ १३, २०८२ मंगलबार
  • 266
    SHARES
  • आइओएफटिसीको १५ औं संस्करण नेपालमा हुने

    काठमाडौं । आइओएफटिसी नेपालको आयोजनामा १५ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) हुने भएको छ । 

    images

    आइओएफटिसीले आफ्नो २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    प्रतियोगिता यसै वर्षको डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आइओएफटिसीको १४ औं संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा भएको थियो ।

    images

    निरन्तरताको हिसाबले प्रतियोगिताको १५ औं संस्करणको आयोजना मिति २०२६ रहेपनि आइओएफटिसी २५ वर्ष पुगेको अवसरमा एक वर्ष अघि नै आयोजना गर्न लागेको आइओएफटिसीका निर्देशक तथा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले सोमबार आयोजित पत्रकार सम्मलेनमा जानकारी गराए ।

    महर्जनले सन् २००० मा पहिलोपटक प्रतियोगिता नेपालमा भएको जानकारी गराउदै २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा यो प्रतियोगिता आयोजना नेपालमै गरिन लागेको बताए ।

  • सम्बन्धित विषय:

  • # आइओएफटिसी