शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छःसांसद पुन

एक्सप्रेस पाना
जेठ १३, २०८२ मंगलबार
  • 216
    SHARES
  • भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छःसांसद पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन् ।  

    images

    मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरु माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका हुन् । 

    उनले भने,"त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भईरहेको भन्ने कुरा विभिन्न पत्रपत्रिका मार्फत बाहिर आईरहेको छ । यो कुनै सामान्य भ्रष्ट्रचारको घटना मात्र होईन् । यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरु माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय हो ।"

    images

    यस्तै, उनले अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको भन्दै यसमा  मन्त्रीको कुनै स्वार्थ भएको बताए । 

    उनले भने,"यत्रो ठूलो खेल राजनीतिक संरक्षकबिना गर्न सकिदैँन् । अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ ।  यो भन्दा पहिला पनि विभिन्न घटनामा जोडिएका सहसचिवलाई गृहसचिवले रोजी छाडि कसरी पठाउनु भयो के साच्चि मन्त्रीज्यूले सहसचिव स्वच्छ भन्ने थियो कि अन्य कुनै स्वार्थ थियो ।"

  • सम्बन्धित विषय:

  • # वर्षमान पुन
  • # भिजिट भिसा