काठमाडौं । जेठ २३ गते शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ ।
सोमवार ठमेलस्थित छायाँ सेन्टरमा रहेको क्यूएफएक्स सिनेमा हलमा आयोजित कार्यक्रमबीच सार्वजनिक भएको ३ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरमा आमालाई माया गर्ने बुहारीको खोज र प्रेम प्राप्तिका लागि गरिएको संघर्षलाई कमेडी शैलीमा देखाइएको छ ।
नेपाली समाजमा दुलही भित्र्याउने दिन खुला चौर, घरको बारी अथवा जन्ति फर्काउने क्रममा कुनै पायक पर्ने स्थानमा खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सोही कथामा यो फिल्म निर्माण भएको ट्रेलरले देखाएको छ ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको जन्ते बाख्रोको ट्रेलरले दर्शकमाझ कौतुलहलता उत्पन्न गराउन सक्ने सम्भावना छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्वजको कथा, पटकथा र संवाद लेखन रहेको छ । फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय रहेको छ ।



