आइतबार, भाद्र २८ गते २०८३
images

दमकमा अन्तर्राष्टियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड

एक्सप्रेस पाना
जेठ १५, २०८२ बिहीबार
  • 509
    SHARES
  • दमकमा अन्तर्राष्टियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड

    काठमाडौं । सरकारले झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । 

    images

    बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाडौंको मुलपानीलगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए । 

    त्यस्तै उनले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि बताए ।

    images

    यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

    चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए । 

  • सम्बन्धित विषय:

  • # टियु क्रिकेट