मंगलबार, श्रावण १२ गते २०८३
images
images

भव्य प्रचारप्रसारमा चलचित्र ‘जन्ते बाख्रो’ टिम

एक्सप्रेस पाना
जेठ १८, २०८२ आइतबार
  • 311
    SHARES
  • भव्य प्रचारप्रसारमा चलचित्र ‘जन्ते बाख्रो’ टिम

    काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।  

    images

    शनिबार सिटी स्क्वायर मल सामाखुशीको प्राङ्गणमा ५ बजेदेखि साँझ अवेरसम्म  विभिन्न कलाकारहरुले ‘जन्ते बाख्रो साँझ’मा आफ्ना प्रस्तुती देखाएका छन् । 

    दर्शकहरुको बाक्लो उपस्थितीले धेरै खुसी लागेको चलचित्र जन्ते बाख्रोकी नायिका गरिमा शर्माले बताइन् । उनले भनिन्, ‘यहाँ जति साँझ हुदै गयो त्यती माहोल तात्दै जान्छ, आज उत्साहीत छु आज आउनुभएका दर्शकहरु २३ गते फिल्म हेर्न आउनुभयो भने हाम्रो फिल्म सफल हुनबाट कसैले रोक्न सक्दैन ।’उनले सबैलाई जन्ते बाख्रो हेरी प्रतिक्रिया दिन आग्रह गरिन् । 

    images

    यस्तै, कलाकार विशाल पहाडीले जन्ते बाख्रो साँझले दर्शकलाई फिल्म हलसम्म तान्ने बताए । 
    उनले भने, ‘उहाँहरुले फिल्म नहेरी केही भन्न सक्नुहुन्न् । उहाँहरुलाई फिल्म हलसम्म लानु नै हाम्रो उद्देश्य हो । त्यसपछि आशा छ पक्कै मन पराउनुहुन्छ ।’
    सो चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् ।
    यो चलचित्रको कथा, पटकथा र संवाद लेखक प्रदीप भारद्वाजले लेखेका हुन् । 

  • सम्बन्धित विषय:

  • # जन्ते बाख्रो’