काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्दैछ।
स्कटल्यान्डको फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ।
सिरिजको तयारीका लागि नेपाली टोलीले स्कटल्यान्ड कै ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो। त्यसअघि नेपालले बेलायतमा पनि अभ्यास खेल खेलेको थियो।
लिग–२ मा नेपाल आफ्नो १३ औँ खेल खेल्न लागेको हो। स्कटल्यान्डको भने यो १७ औँ खेल हो।
सिरिजको १२ खेलमा २ खेलमा मात्र जित निकालेको नेपाल ८ खेलमा हार भोग्दै ६ अंकमा तालिकाको पुछारमा छ।


