आइतबार, भाद्र २८ गते २०८३
images

हङकङ र लाओसविरद्ध खेल्न जाने नेपाली फुटबल टिमको विदाई

एक्सप्रेस पाना
जेठ १९, २०८२ सोमबार
  • 338
    SHARES
  • हङकङ र लाओसविरद्ध खेल्न जाने नेपाली फुटबल टिमको विदाई

    काठमाडौं । अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको विदाई गरिएको छ । 

    images

    सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमको आयोजना गरी हङकङ र लाओस जाने राष्ट्रिय पुरुष फुटबल टिमलाई बिदाइ गरेको हो । 

    नेपालले आगामी जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल र जुन १० मा लाओससँग एसियन कपको छनोट खेल खेल्नेछ ।

    images

    २३ सदस्यीय नेपाली टोलीमा किरण चेम्जोङ, विशाल सुनार, दिप कार्की, अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, आरिक विष्ट, आयुष घलान, विमल पाण्डे, जिलेस्पीजंग कार्की, कृतिसरत्न छुँजु, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डांगी, रोहित चन्द, सनिश श्रेष्ठ, रोहन कार्की, सुमन श्रेष्ठ, श्रीजन राज गौतम, सुमन श्रेष्ठ, सुबास ठकुरी बम र योगेश गुरुङ छन् ।  टोलीको प्रशिक्षकमा म्याट रोस छन् ।

    501063960_1014556140836871_3159790604100955949_n.jpg

  • सम्बन्धित विषय:

  • # नेपाली फुटबल टिम