शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ:माओवादी केन्द्र

एक्सप्रेस पाना
जेठ १९, २०८२ सोमबार
  • 355
    SHARES
  • गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ:माओवादी केन्द्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । 

    images

    सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी गराएका हुन् । 

    उनले भने, ‘भोलि(मंगलबार)को संसदको अवरोध यथावत रहन्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन । आम मिडिया र जनसमूदायले भनिरहेको छ । भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ । को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ । छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ ।’

    images

    साथै माओवादी बैठकले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।  त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीको धारण रहेको छ । 

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # संसद अवरोध