काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरुले आइपिएलको उपाधि जितेको छ ।
रोयल च्यालेन्जर्सले पञ्जावलाई ६ रनले पराजित गर्दै उपाधि जितेको हो । रोयल च्यालेन्जर्सले आफ्नो १८औं सिजनमा पहिलो पटक आइपिएलको उपाधि जितेको हो ।
रोयल च्यालेन्जर्सले दिएको १९१ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो । पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ६१ रन बनाए भने जोश इंगलिसले ३९, प्रभसिमरन सिंहले २६ प्रियंस आर्याले २४ रन बनाएका थिए ।
त्यस्तै रोयल च्यालेन्जर्सका बलरभुवनेश्वर कुमार र क्रुनाल पाण्डेयले २–२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको थियो । रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ४३ रन बनाए भने कप्तान रजत पाटीदारले २६ रन बनाउँदा लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाए ।
त्यस्तै अर्शदीप सिंह र काइल जामिएसनले ३–३ विकेट लिएका थिए भने अज्मतुल्लाह ओमरजाई, विजयकुमार व्याशक र युजवेन्द्र चहलले एक एक विकेट लिएका छन् ।


