काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डसविरुद्ध खेल्दै छ ।
स्कटल्याण्डको डुनडीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३स्४५ बजेदेखि शुरु हुनेछ ।
यस सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ ।
नेपाल र नेदरल्याण्डसले अहिलेसम्म ५ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले २ खेल जितेको छ भने नेदरल्याण्डसले ३ खेल जितेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।


