शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु:अर्थमन्त्री

एक्सप्रेस पाना
जेठ २१, २०८२ बुधबार
  • 171
    SHARES
  • विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु:अर्थमन्त्री

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    images

    नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘पूर्वाधारमा बजेट कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

    उनले बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिने बताए । अर्थमन्त्री पौडेलले विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गरे । 

    images

    उनले भने, पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ । बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिनुका साथै विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन सकेको छैन् । चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गनै चाहान्छु ।’

    त्यस्तै उनले बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै नसुनिएको भन्दै यो सकारात्मक पक्ष रहेको धारणा राखे । साना ठूला सबै आयोजनाहरूमा स्रोतको सही सदुपयोग र जवाफदेहिता सुनिश्चित गरिने उनले उल्लेख गरे।

    उनले भने, ‘बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै सुनिएन, यो सकारात्मक छ । तर हाम्रो मुख्य चुनौती पुँजीगत खर्च बढाउने र चालु खर्च नियन्त्रण गर्ने हो। यसमा हामी गम्भीर छौँ । तीन करोडसम्मका आयोजनामा देखिएका समस्या र सार्वजनिक खरिद ऐनका केही प्रावधानले पारेको अप्ठ्यारोबारे सरकार सचेत छ र आवश्यक सहजीकरणको लागि प्रयासरत छ’उनले भने । 

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री