शुक्रबार, श्रावण २९ गते २०८३
images
images

खेल मैदानमा प्रवेश नगरिदिन फ्यानहरुलाई क्यानको आग्रह

एक्सप्रेस पाना
जेठ २१, २०८२ बुधबार
  • 561
    SHARES
  • खेल मैदानमा प्रवेश नगरिदिन फ्यानहरुलाई क्यानको आग्रह

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट समर्थकहरुलाई खेल मैदानमा प्रवेश नगरिदिन आग्रह गरेको छ ।

    images

    क्यानले बुधबार सामाजिक सञ्जालमा सन्देश जारी गर्दै यस्तो आग्रह गरेको हो। 

    स्कटल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ को स्कटल्याण्डविरुद्धको  खेलपछि नेपाली क्रिकेट फ्यानहरु मैदानभित्र पसेर खुशियाली मनाएका थिए । 

    images

    क्यानले सबैको सुरक्षा र अन्तर्राष्ट्रिय कहल्को नियम अनुसार सबै नेपाली क्रिकेट प्रेमीलाई खेल अघि र खेल पछि मैदानमा प्रवेश नगर्न अनुरोध गरेको छ ।

    नेपालले आज नेदरल्याण्डसविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार ३:४५ बजेदेखि शुरु हुनेछ । 

    503704607_1153706316785747_8021801188734708861_n (1).jpg

  • सम्बन्धित विषय:

  • # आइसीसी क्रिकेट विश्वकप लिग-२
  • # क्यान