काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालले पहिले बलिङ गर्दै छ ।
स्कटल्याण्डको डुनडीमा जारी खेलमा नेपालले टस हारेर नेदरल्याण्डसविरुद्ध बलिङ गर्ने भएको हो । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्नेछ ।
यस सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ ।
नेपाल र नेदरल्याण्डसले अहिलेसम्म ५ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले २ खेल जितेको छ भने नेदरल्याण्डसले ३ खेल जितेको छ ।


