आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग-२ : नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य

एक्सप्रेस पाना
जेठ २१, २०८२ बुधबार
  • 257
    SHARES
  • विश्वकप लिग-२ : नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य

    काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।

    images

    आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ४९.१ ओभरमा अल आउट हुदै २२५ रन बनाएको हो । 

    नेदरल्याण्डसका लागि नोह क्रोएसले सर्बाधिक ४८ रन बनाए भने रोएलोग भान डेर मेर्वेले २१, कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र जाच लायन काचेटले २७ रन बनाएका थिए ।

    images

    त्यसैगरी नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए भने ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिएका थिए ।