आइतबार, भाद्र २८ गते २०८३
images

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक नियुक्त

एक्सप्रेस पाना
जेठ २२, २०८२ बिहीबार
  • 440
    SHARES
  • महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्।

    images

    बिहिबार अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले एन्फा कम्प्लेक्स सातदोबाटोमा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुने । 

    विल्डेले यसअघि नेपालमा काम गरिरसकेका छन्। उनी गत फागुनमा भएको तेस्रो संस्करणको नेपाल सुपर लिगमा काठमाडौं रेजर्सका प्रशिक्षक थिए।

    images

    उनी युईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनले सोमालिया र रुवान्डाको प्रशिक्षक तथा  चीनको यू-२३ टिम र अल्जेरियाको सहायक प्रशिक्षक भएर काम गरेका थिए।

    यसअघि एन्फाले वैशाखमा महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक लागि आवेदन खुला गरेको थियो। विल्डेले अब एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाली टोलीको नेतृत्व गर्नेछन्। 

     

  • सम्बन्धित विषय:

  • # प्याट्रिक डे विल्डे
  • # महिला फुटबल टोली