मंगलबार, श्रावण १२ गते २०८३
images
images

प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको उत्सव पोखरा विश्वविद्यालयमा

एक्सप्रेस पाना
जेठ २३, २०८२ शुक्रबार
  • 252
    SHARES
  • प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको उत्सव पोखरा विश्वविद्यालयमा

    काठमाडौं । पोखरा विश्वविद्यलयको विज्ञान तथा प्रविधि संकायमा यही जेठ २५ गते (८ जुन २०२५) प्रविधि नवप्रवर्तन उद्यमशिलताको उत्सव "इनोस्फियर १.०" आयोजना गरिँदैछ ।

    images

    विश्वविद्यलयको टेक क्लबको आयोजनामा हुन लागेको यस एक दिने प्रविधि मेला कम्प्युटर विज्ञान,सुचना प्रविधि,सफ्टवेयर,इलेक्ट्रोनिक्स तथा सम्बन्धित क्षेत्रका विद्यार्थीहरुका लागि खुल्ला हुनेछ । 

    कार्यक्रममा विभिन्न इन्टरएक्टिभ प्रोटोटाइप, लाइभ डेमो, सफ्टवेयर तथा हार्डवेयर परियोजनाहरूको आइडिया पिचिङ गरिनुका साथै विद्यालयका साना विद्यार्थीहरूले आफ्नो रचनात्मकता प्रस्तुत गर्ने ‘नेक्स्ट जेन इनोभेसन’ मञ्च समेत सञ्चालन गरिनेछ।

    images

    यस प्रविधि मेलामा विशेषज्ञहरूसँगको टक–सेसन, नवप्रवर्तनमूलक प्रस्तुति तथा विविध गतिविधिहरू पनि समावेश गरिनेछन्। उत्कृष्ट परियोजनाहरूलाई पुरस्कारको व्यवस्था  समेत रहेको आयोजकले जनाएका छन्।

    कार्यक्रममा साइबर सुरक्षाका विशेषज्ञ, अनुसन्धानकर्ता लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ। उनीहरूले सहभागीहरूसँग संवाद गर्दै व्यावसायिक सञ्जाल विस्तारमा सहयोग पुर्‍याउनेछन्। यो अवसर विद्यार्थीहरूका लागि व्यवहारिक ज्ञान लिन तथा आफ्नो क्षमताको उजागर गर्न उपयोगी हुने अपेक्षा गरिएको छ। 

    "इनोस्फियर १.०" केवल प्रविधिको मात्र नभई रचनात्मकता र उद्यमशीलताको पनि उत्सव हो। कार्यक्रममा विभिन्न कलेज र संकायका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक विचार, परियोजना तथा प्रस्तुति प्रस्तुत गर्नेछन्।

    कार्यक्रमका प्रमुख आकर्षणहरूमा नवीनतम प्रविधिहरूको प्रदर्शनी गरिने सफ्टवेयर तथा हार्डवेयर प्रदर्शनी (Software/Hardware Exhibition), सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने पोस्टर डिजाइन प्रतियोगिता (InnoCanvas), नयाँ र नवप्रवर्तनात्मक व्यापारिक विचारहरू प्रस्तुत गर्ने बिजनेस पिचिङ प्रतियोगिता (Idea Pitching), युवाहरूबीच लोकप्रिय र प्रतिस्पर्धात्मक गेमिङ शोडाउन (PUBG & E-Football), सांगीतिक प्रस्तुति सहितको Echosphere Unplugged, साथै सहभागीहरूबीच विचार आदान–प्रदान तथा सम्पर्क सञ्जाल विस्तार गर्ने नेटवर्किङ सेसन र सामाजिक अन्तर्क्रिया (Networking Session)समावेश छन्। यी सबै गतिविधिहरूले कार्यक्रमलाई ज्ञानमूलक मात्र नभई मनोरञ्जनात्मक तथा प्रेरणादायी पनि बनाउने अपेक्षा गरिएको छ।

    साँझको मुख्य आकर्षण 'म्युजिकल नाइट' हुनेछ, जहाँ सांगीतिक प्रस्तुति सहित मनोरञ्जनात्मक माहोल सिर्जना गरिनेछ। कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि कुनै प्रवेश शुल्क छैन। विद्यालय, प्लस टु र स्नातक तहका विद्यार्थीहरू, शिक्षक, स्टार्टअप तथा उद्योग प्रतिनिधिहरू सबैलाई सहभागी हुन कार्यक्रममा आमन्त्रण गरिएको छ। आयोजकले करिब ७०० देखि ८०० जनासम्मको उपस्थिति रहने अपेक्षा गरेका छन्।

  • सम्बन्धित विषय:

  • # इनोस्फियर १.०
  • # पोखरा विश्वविद्यालय