काठमाडौं । स्कटल्याण्डले नेपाललाई २ रनले पराजित गरेको छ ।
आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा स्कटल्याण्डले दिएको ३२४ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा अल आउट हुदै ३२१ रन बनाएको हो ।
नेपालका लागि भीम सार्कीले सर्बाधिक ७३ रन बनाए भने सोमपाल कामीले ६७, दिपेन्द्र सिंह ऐरीले ५६ र आरिफ सेखले ३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले १७, गुलशन झाले ११ बनाउँदा करण केसीले अविजित रहे ।
टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३२३ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रनको शतक पारी खेले भने माइकल लिस्कले अविजित ९६ रन बनाए । त्यस्तै चार्ली टियरले ६८ रन र मार्क वाटले अविजित २१ रन बनाए ।
नेपाली बलर करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिएका थिए भने ललित राजबंशीले एक विकेट लिए ।


