मंगलबार, श्रावण १२ गते २०८३
images
images

चलचित्र ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक

एक्सप्रेस पाना
जेठ २६, २०८२ सोमबार
  • 340
    SHARES
  • चलचित्र ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक

    काठमाडौं । आगामी असोज ३ गतेदेखी प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक गरिएको छ । 

    images

    पूर्वेली मारुनी भाकामा तयार गीतमा प्रशान्त शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ भने गीतको सङ्गीत तथा शब्द प्रशान्त शिवाकोटीले नै तयार गरेका हुन् । 

    भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङको नृत्य देख्न सकिन्छ । 

    images

    गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । चदचित्रका निर्देशक अर्जुन सुवेदी हुन् ।

    इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ । चलचित्रमा प्रकाश र परीक्षाको अलवा विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारको अभिनय छ । 

    प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको चलचित्रका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । 

  • सम्बन्धित विषय:

  • # प्रकाश सपुत
  • # परीक्षा लिम्बु