आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग-२ : नेपालले आज नेदरल्याण्डसको सामना गर्दै

एक्सप्रेस पाना
जेठ २७, २०८२ मंगलबार
  • 313
    SHARES
  • विश्वकप लिग-२ : नेपालले आज नेदरल्याण्डसको सामना गर्दै

    काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३:४५ बजेदेखि शुरु हुदैछ ।

    images

    नेपालले यस सिरिजमा यसअघि खेलेका तीन मध्ये २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध २ रनको झिनो अन्तरको हार बेहोरेको थियो ।   

    नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने नेदरल्याण्डसले पनि ३ खेलनै जितेको छ ।  लिग-२ को अंक तालिकामा नेपाल १५ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । 

    images

    यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २