काठमाठौं । बलर सोमपाल कामी र अलराउन्डर गुल्शन झाले स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग-२ एकदिवसीय सिरिजको बाकी खेल गुमाउने भएका छन् ।
सोमपाल र गुल्शन झा घाइते भएपछि आजको नेदरल्याण्ड्ससँगको ओडिआई र त्यसपछि सुरु हुने टी-२०आई शृंखला गुमाउने भएका हुन् ।
नेपाल क्रिकेट संघ(क्यान)का अनुसार सोमपाल कामीको दायाँ हातमा र गुल्शन झाको घुँडामा चोट लागेको छ।
घाइते भएका सोमपाल र गुलशनसँगै आसिफ शेखलाई आराम दिएको छ। त्यसमा नन्दन यादव, बसिर अहमद र अनिल शाहले मौका पाएका छन् । नन्दनको ओडिआई यो डेब्यु खेल हो ।


