काठमाडौं । नेपालले नेदरल्याण्डसलाई २३७ रनको लक्ष्य दिएको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २३६ रन बनाएको हो ।
नेपालका लागि आरिफ सेखले सर्बाधिक ८४ रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले ३५/३५ रन बनाए । कुशल भुर्तेलले १८, दिपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११/११ रन बनाए ।
त्यस्तै नेदरल्याण्डसका बलर पौल भान मीकेरेनले ४ विकेट लिएका थिए भने माइकल लेभिटले ३ विकेट लिएका थिए ।


