आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग-२:नेदरल्याण्डसलाई पराजित गर्दै नेपाल विजयी

एक्सप्रेस पाना
जेठ २८, २०८२ बुधबार
  • 295
    SHARES
  • विश्वकप लिग-२:नेदरल्याण्डसलाई पराजित गर्दै नेपाल विजयी

    काठमाडौं । नेपालले नेदरल्याण्डसलाई पराजित गरेको छ । 

    images

    आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ४९.२ ओभरमा अल आउट हुदै २२० रन बनाएको हो ।    

    नेदरल्याण्डसका लागि वेसली बारेसीले सर्बाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० रन बनाए।  त्यस्तै माइकल लेभीटले २७ रन बनाउँदा कील क्लेइनले २५, नोअह क्रोएसले २२ रन बनाए। 

    images

    त्यसैगरी नेपाली बलर नन्दन यादवले आफ्नो एकदिवसीय  खेलमा डेभ्यु गर्दै ३ विकेट लिए भने सन्दीप लामीछानेले ३, ललित राजबंशीले २ तथा करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिए । 

    टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २३६ रन बनाएको थियो ।

    नेपालका लागि आरिफ सेखले सर्बाधिक ८४ रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले ३५र३५ रन बनाए । कुशल भुर्तेलले १८, दिपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११-११ रन बनाए । 

    त्यस्तै नेदरल्याण्डसका बलर पौल भान मीकेरेनले ४ विकेट लिएका थिए भने माइकल लेभिटले ३ विकेट लिएका थिए । 

     

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २