काठमाडौं । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ ।
लन्डन ग्याटविक गन्तव्यका लागि उडेको एआई १७१ उडान नम्बरको विमान बिहीबार अहमदाबादमा दुर्घटनामा परेको हो ।
मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए ।
अहमदाबाद विमानस्थलबाट उडान भर्ने बित्तिकै विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । हालसम्म कति मानिस घाइते वा मृत भए भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन ।
एयर इन्डियाले थप विवरण संकलन भइरहेको र छिटो अद्यावधिक जानकारी दिने बताएको छ । घट्ना भएपछि नागरिक उड्डयन मन्त्री राम मोहन नायडू किंजरापुले व्यक्तिगत रूपमा स्थितिको अवलोकन गरिरहेका छन् ।
सञ्चार माध्यमका अनुसार उक्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपणी सवार थिए ।



