शुक्रबार, श्रावण २९ गते २०८३
images
images

धम्की दिएको छैन्,मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनु हुदैन:आरजु राणा

एक्सप्रेस पाना
जेठ ३०, २०८२ शुक्रबार
  • 366
    SHARES
  • धम्की दिएको छैन्,मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनु हुदैन:आरजु राणा

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादलाई धम्की भनेर प्रचार गरिएकोमा असन्तुष्टि जनाएकी छन् ।

    images

    उनले सामाजिक संजालमा लेखेकी छन्,"नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु । हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित  सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।"

    उनले संवादको विषयलाई तोडमोड गरेर सञ्चार माध्यममा समाचार प्रकाशन गरेको सन्दर्भमा आश्चर्य व्यक्त गर्दै मन्त्री राणाले सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएको उल्लेख गरेकी छन् । 

    images

    उनले लेखेकी छन्, "बरु मैले म आफु नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।"

    मन्त्री राणाले प्रेस काउन्सिलबाट प्रक्रिया नमिल्ने भएकाले पत्रकार दिलभूषण पाठकविरुद्ध आफूहरू सिधै प्रहरीसमक्ष पुगेको बताएकी छन् । उनले लेखेकी छन्, "उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।"

    उनले मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने उल्लेख गरेकी छन् ।  "मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो ।" उनले लेखेकी छन्,

    arrzu.JPG

     

     

  • सम्बन्धित विषय:

  • # आरजु राणा