शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गृहमन्त्री लेखकले संसदमा भने - मेराविरुद्ध नक्कली पीडित खडा गरियो

एक्सप्रेस पाना
जेठ ३०, २०८२ शुक्रबार
  • 226
    SHARES
  • गृहमन्त्री लेखकले संसदमा भने - मेराविरुद्ध नक्कली पीडित खडा गरियो

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँजी गर्ने काम गरेको आरोप लगाएका छन् । 

    images

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरुलाई बोलाएर जाहेरी लेखेर आफ्ना दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए । 

    उनले भने,‘केही पार्टी कार्यालयहरुमा नक्कली पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता जालछाँट र अमर्यादित काम गरेर आफ्नो राजनीति अभिष्ट पूरा गर्ने काममा नलाग्न म आग्रह गर्दछु । यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने छ ।’

    images

    त्यस्तै उनले रास्वपा  सम्भावना बोकेको पार्टी भएको भन्दै यस्ता जालसाँजीमा नलागी सचेत रहन सुझाव दिए । रास्वपाका सांसदहरुले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडेर अहिले आफूलाई त्यसको प्रतिशोध लिने काममा लागि परेको समेत बताए । 

    ‘जालसाँजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरु बन्दैछन्  । यसमा  तपाईहरु सचेत हुनुहोस् । किनभने तपाइँहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ । हिजो मैंले श्रममन्त्री हुँदा बैदेशिक रोजगार ऐन बनाएर चारवटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको प्रतिशोध लिने काममा लाग्नुभएको छ,’उनले भने

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री