काठमाडौं । स्कटल्याण्डमा हुने टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबारदेखि स्कटल्याण्डमा हुने खेलको लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीमा रोहित पौडेल(कप्तान),आसिफ शेख, कुशल भुर्तेल, अनिल के साह, भिम शर्की, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, नन्दन यादव, आरिफ शेख, लोकेश बम, रुपेश के सिंह, रिजन ढकाल र किरण ठगुन्ना रहेका छन् ।
चोटका कारण टोलीमा सोमपाल कामी र गुल्सन झा टिमबाट बाहिरिएका छन्। नेपालले पहिलो खेल १६ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


