आइतबार, भाद्र २८ गते २०८३
images

आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै,नेपालले सोमबार खेल्ने

एक्सप्रेस पाना
आषाढ १, २०८२ आइतबार
  • 328
    SHARES
  • आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै,नेपालले सोमबार खेल्ने

    काठमाडौँ । आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ। 

    images

    स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ।

    नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ। 

    images

    नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउने छन्।