आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्डसको सामना गर्दै

एक्सप्रेस पाना
आषाढ २, २०८२ सोमबार
  • 199
    SHARES
  • त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्डसको सामना गर्दै

    काठमाडौं । स्कटल्याण्डमाजारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्डसको सामना गर्दैछ । 

    images

    आइतबारदेखी सुरु भएको सिरिजमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्याण्डससंग खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि शुरु हुनेछ ।  

    स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ । 

    images

    नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १३ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ ।

    आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।

    यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख , अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज