आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० सिरिज:नेदरल्याण्डसविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
आषाढ २, २०८२ सोमबार
  • 360
    SHARES
  • टी–२० सिरिज:नेदरल्याण्डसविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं ।  स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पहिले बलिङ गर्दै छ । 

    images

    नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्डस विरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको हो । 

    स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ । 

    images

    नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १३ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ ।

    आजको खेलमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, अनिल शाह, नन्दन यादव, ललित राजबंशी, करण केसी, रुपेश सिंह, लोकेस बम, सन्दीप लामिछाने र किरणकुमार ठगुन्ना रहेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज