आइतबार, भाद्र २८ गते २०८३
images

नेदरल्याण्डसले नेपाललाई दियो १५३ रनको लक्ष्य

एक्सप्रेस पाना
आषाढ २, २०८२ सोमबार
  • 323
    SHARES
  • नेदरल्याण्डसले नेपाललाई दियो १५३ रनको लक्ष्य

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्डसले नेपाललाई १५३ रनको लक्ष्य दिएको छ ।  

    images

    सोमबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ  गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको हो । 

    नेदरल्याण्डसका लागि तेजा निदामनुरुले  ३५ रन बनाए भने विक्रमजित सिंगले ३०, सकिब जुल्फिकरले २५, माइकल लेभिटले २० रन बनाए ।

    images

    त्यसैगरी नेपालका लागि बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । ललित राजबंशी र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज