आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक टी–२०:नेपाल आज स्कटल्याण्डसँग खेल्दै

एक्सप्रेस पाना
आषाढ ३, २०८२ मंगलबार
  • 224
    SHARES
  • त्रिकोणात्मक टी–२०:नेपाल आज स्कटल्याण्डसँग खेल्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । 

    images

    मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् । 

    सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । 

    images

    यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी–२०