आइतबार, भाद्र २८ गते २०८३
images

प्रथम मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिपको तयारी पूरा

एक्सप्रेस पाना
आषाढ ३, २०८२ मंगलबार
  • 203
    SHARES
  • प्रथम मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिपको तयारी पूरा

    काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ ले प्रथम मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । 

    images

    यही असार ६ र ७ गते आयोजना हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि जजिङ र फाइनल खेल हुने प्रतियोगिता संयोजक इश्वर श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार तौल नाप्ने तथा फाइनल खेल दुबै काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ । 
    उनले यस वर्ष पुरुष तर्फमात्र प्रतिस्पर्धा गराउन लागेको भन्दै अर्को वर्षबाट महिला तर्फबाट पनि प्रतिस्पर्धा गराउने प्रयास गर्ने पनि श्रेष्ठले बताए । 

    images

    उनले भने,‘काठमाडौँ महानगरपालिका वडा नं २२ को आयोजनामा ’व्यायाम गरौं, स्वस्थ रहौं’, ’स्वास्थ्यका लागि व्यायाम’, भन्ने नारासहित प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियन्सीप ०८२ आयोजना गर्न लागेका छौं । काठमाडौं महानगरस्तरीय यस बडिबिल्डिङ प्रतियोगिता यही ०८२ साल असार ६ र ७ गते आयोजना हुनेछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि जजिङ र फाइनल खेल हुनेछ। तौल नाप्ने तथा फाइनल खेल दुबै काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ । यस वर्ष पुरुष तर्फमात्र प्रतिस्पर्धा गराउँदै छौं । अर्को वर्षबाट महिला तर्फबाट पनि प्रतिस्पर्धा गराउने प्रयास गर्ने छौं ।’

    उनको अनुसार नेपाल शारिरीक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा कूल छ तौल समूहमा खेलाइनेछ ।

    जसअन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमुहमा प्रतिस्पर्धा गराइनेछ। फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः स्वर्ण, रजत तथा कास्य पदकसहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । हरेक तौल समूहमा विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्रदान गरिनेछ । साथै चौथो र पाँचौ हुने खेलाडीलाई पनि क्रमसः १५ हजार र १० हजार रुपैंयाँ र पदक प्रदान गरिनेछ ।

    प्रत्येक तौल समूहको विजेताहरु मिस्टर महानगरको दावेदारिताका लागि ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुनेछन् । ओभरअल प्रतिस्पर्धामा विजेता खेलाडीलाई मिस्टर महानगरको टाइटलसहित नगद रु. पाँच लाख, ट्रफी र ब्यानेटले सुसज्जित गरिनेछ ।

    मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियन्सीप गर्नुको उद्देश्य फिटनेसबारे जनचेतना वृद्धि गर्नुका साथै बडी बिल्डिङ खेलाडीहरुलाई राम्रो एक्सपोजर दिनु रहेको उनको भनाई छ । 

     

  • सम्बन्धित विषय:

  • # बडिबिल्डिङ च्याम्पियनसिप