शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एमसीसी परियोजना अघि बढ्ने निश्चित,अमेरिकी दूतावासले दियो स्पष्टोक्ति

एक्सप्रेस पाना
आषाढ ५, २०८२ बिहीबार
  • 214
    SHARES
  • एमसीसी परियोजना अघि बढ्ने निश्चित,अमेरिकी दूतावासले दियो स्पष्टोक्ति

    काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी विदेशी सहायता कार्यक्रममा लगाइएको ९० दिने रोकबाट हटाइएको दिएको दूतावासले स्पष्ट पारेको छ । छुट दिएपछि एमसीसी परियोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न अनुमति दिइएको जनाएको छ ।

    images

    अमेरिकी दूतावास, काठमाण्डौले बुधबार जारी गरेको वक्तव्यमा भनेको छ, ‘विदेशी सहायता कार्यक्रमको समग्र समीक्षा भइरहेकै अवस्थामा, एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको क्रममा यथावत् अघि बढ्न पाउने विशेष स्वीकृति दिइएको हो ।’

    वक्तव्यमा एमसीसी र अमेरिकी दूतावासले नेपाल सरकारका सरोकारवाला निकायहरूसँग मिलेर सकारात्मक तथा रचनात्मक निष्कर्ष निकाल्ने प्रयास भइरहेको उल्लेख छ । साथै, कम्प्याक्ट अन्तर्गत भएका र आगामी कार्यक्रमहरू नेपालको प्राथमिकता र अमेरिकी नीतिसँग मेल खाने गरी पारदर्शिता, सुशासन, प्रभावकारिता र जोखिम व्यवस्थापनमा जोड दिइने पनि उल्लेख छ ।

    images

    ‘संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्धमा प्रतिवद्ध छ,’ वक्तव्यमा भनिएको छ, ‘र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक स्थायित्वका लागि सहयोग र्पुयाउन प्रतिबद्ध छ ।’

    नेपालमा एमसीसी परियोजना केही समयदेखि विवादित बनेको भए पनि यो वक्तव्यले परियोजना अगाडि बढ्ने स्पष्ट संकेत दिएको छ । हाल एमसीसी परियोजनाअन्तर्गत प्रसारण लाइन तथा सडक निर्माणसम्बन्धी कामहरू अगाडि बढाइएका छन् । 

  • सम्बन्धित विषय:

  • # एमसीसी