काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।
बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिमको घोषणा गरेको हो ।
नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव , रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।
२२ जुन देखि जुलाई ५ सम्म मलेसियामा हुने एसिसिस यू-१६ इष्ट जोन कप एकदिवसीय फर्म्याटमा हुनेछ । नेपालले पहिलो खेल २२ जुनमा सिंगापुरविरुद्ध खेल्दैछ भने दोस्रो खेल जुन २४ मा जापानविरुद्ध खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।


