काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै छ ।
बिहिबार स्कटल्याण्डमा जारी खेलमा नेपालले टस जितेर नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने भएको हो। योसँगै नेदरल्याण्डसले ब्याटिंग गर्नेछ ।
नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।
नेपाल र नेदरल्याण्डसबीचको पछिल्लो खेल ऐतिहासिक बनेको थियो । सो खेलको निर्णय तेस्रो सुपर ओभरमा भएको थियो । सो खेल नेदरल्याण्डसले जितेको थियो ।
यस सिरिजमा नेदरल्याण्डस ३ खेलमा २ जित र एक हारसहित ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने नेपालले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।


