काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १७५रनको लक्ष्य दिएको छ ।
बिहिबार स्कटल्याण्डमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक ८६ रन बनाए भने रोएलोफ भान डेर मेर्वेले अविजित ३६ रन बनाए । त्यसैगरी आर्यन दत्तले १७ रन बनाउँदा सकिब जुल्फिकरले १४ रन बनाए ।
त्यसैगरी नेपाली बलर करण केसीले २ विकेट लिए भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।


