काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सलाई हराउँदैनेपाल विजयी भएको छ ।
बिहिबार स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल विजयी भएको हो । नेदरल्याण्डसले दिएको १७५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६५ रन बनाए भने आरिफ सेखले ३९ रन बनाए । त्यस्तै भिम्म सार्कीले आफ्नो डेभ्यु खेलमा २७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले अविजित १६ रन बनाए । लोकेस बमले १२ रन बनाउँदै अविजित रहे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।
नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक ८६ रन बनाए भने रोएलोफ भान डेर मेर्वेले अविजित ३६ रन बनाए । त्यसैगरी आर्यन दत्तले १७ रन बनाउँदा सकिब जुल्फिकरले १४ रन बनाए ।
त्यसैगरी नेपाली बलर करण केसीले २ विकेट लिए भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक(एक विकेट लिए ।


