काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ ।
यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि शुरु हुदैछ । स्कटल्याण्डमा हुने यो सिरिजमा नेपालले ३ खेलमा २ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ ।
त्यस्तै स्कटल्याण्डले यसअघि खेलेका ३ खेलमा एक खेल जितेको छ भएन २ खेलमा हार बेहोरेको छ ।
आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने स्कटल्याण्ड १३औं स्थानमा रहेको छ ।


