आइतबार, भाद्र २८ गते २०८३
images

एसीसी यू-१६ इस्ट जोन कप खेल्न जाने नेपाली टिमको विदाइ

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 513
    SHARES
  • एसीसी यू-१६ इस्ट जोन कप खेल्न जाने नेपाली टिमको विदाइ

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट खेल्ने जाने नेपाली टिमलाई विदाइ गरिएको छ । 

    images

    शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले २२ जुन देखि जुलाई ५ सम्म मलेसियामा हुने एसिसिस यू-१६ इष्ट जोन कप खेल्न जाने नेपाली टिमलाई विदाइ गरेको हो । 

    यसअघि क्यानले विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिमको घोषणा गरेको छ । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव , रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।

    images

    यो कप एकदिवसीय फर्म्याटमा हुनेछ । नेपालले पहिलो खेल २२ जुनमा सिंगापुरविरुद्ध खेल्दैछ भने दोस्रो खेल जुन २४ मा जापानविरुद्ध खेल्नेछ ।

    प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

  • सम्बन्धित विषय:

  • # एसीसी यू-१६ इस्ट जोन कप