शुक्रबार, श्रावण २९ गते २०८३
images
images

डिजिटल यातायात प्रवद्र्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 280
    SHARES
  • डिजिटल यातायात प्रवद्र्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार

    काठमाडौं । चीनले स्मार्ट प्रविधिको प्रयोग गरी पाँच किलोमिटरभन्दा बढी राजमार्गको स्तरोन्नति गरेको छ ।

    images

    स्तरोन्नति गरिएका ति राजमार्ग राष्ट्रिय परियोजनाको एक हिस्सा भएको जनाइएको छ । जसले लगभग ५४,००० किलोमिटर राजमार्ग र ७,५०० किलोमिटर जलमार्ग सहित ६०,००० किलोमिटरभन्दा बढी यातायात मार्गहरू समेट्ने यातायात मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

    उक्त सडकहरु एआई प्रविधिमा आधारित रहेको जनाइएको छ । उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ । 

    images

    यस्तो किसिमको स्तरोन्नतीले सबैखाले मार्गहरुलाई यातायात कोरिडोरहरूको कनेक्टिभिटी बढाउन प्राथमिकता दिइएको छ । (सीसीटीभीप्लस)

  • सम्बन्धित विषय:

  • # चीन