काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।
नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित भएको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाएको हो ।
नेपालका लागि रुपेश सिंहले अविजित ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३४, कप्तान रोहित पौडेलले २७, आसिफ सेखले १४, भीम सार्कीले १२ रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको थियो।
स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक ७८ रन बनाए भने ब्राण्डन म्याकुलनले ४२ रन बनाए। त्यस्तै माइकल लिस्कले अविजित २६ रन बनाए भने म्याथ्यु क्रसले १७ रन बनाए ।
त्यसैगरी नेपाल इब्ल्र कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजबंशी र सन्दीप लामिछानेले एक(एक विकेट लिए ।


