आइतबार, भाद्र २८ गते २०८३
images

यू-१६ इस्ट जोन कप आजदेखि शुरु: पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध बलिङ गर्दै

एक्सप्रेस पाना
आषाढ ८, २०८२ आइतबार
  • 244
    SHARES
  • यू-१६ इस्ट जोन कप आजदेखि शुरु: पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध बलिङ गर्दै

    काठमाडौं । आजदेखि एसीसी यू-१६ इस्ट जोन कप शुरु भएको छ ।

    images

    मलेसियामा हुने यो कपको पहिलो खेलमा नेपालले आज सिंगापुरको समाना गर्दैछ । यस खेलमा सिंगापुरले टस जितेर पहिला ब्याटिंग गर्ने भए सँगै नेपालले पहिला बलिङ गर्दै छ । 

    २२ जुन देखि जुलाई ५ सम्म हुने एसिसिस यू-१६ इष्ट जोन कप एकदिवसीय फर्म्याटमा हुदैछ ।

    images

    विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसिया पुगेको छ । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।

    त्यस्तै आज भुटान र जापान तथा मलेसिया र हङकङ चाइना पनि खेल्दैछन् । 

    नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

     

     

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप