काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपमा सिंगापुरलाई हराउँदै नेपाल विजयी भएको छ ।
आइतबार कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
सिंगापुरले दिएको १३९ रनको लक्ष्य पछाएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६.१ ओभरमा अल आउट हुदै १३८ रन बनाएको थियो ।
सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाए ।
त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्बाधिक ४ विकेट लिए भने सचिन भट्टले २ तथा अभय यादव र शुभम खनालले एक एक विकेट लिए ।


