मंगलबार, श्रावण १२ गते २०८३
images
images

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

एक्सप्रेस पाना
आषाढ ८, २०८२ आइतबार
  • 321
    SHARES
  • बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

    काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ ।

    images

    अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिनमा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएका छन् । नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिंदै यस्तो संस्करण सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । 

    आइतबार बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहक, सहकर्मी र सरोकारवालाहरुलाई धन्यवाद दिदै भनिन् ‘हामी टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध छौं । बीवाईडी डल्फिन २०२५ केवल फिचर अपग्रेड मात्र होइन् । यो नेपालका लागि हरित भविष्यतर्फ यात्राको निरन्तरता हो ।’

    images

    साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक भएको बताए ।

    हरेक नयाँ संस्करणमार्फत स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरुदेखि सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेका उनले बताए । 

    बीवाईडी डल्फिनमा सबैभन्दा प्रमुख रूपमा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको कम्पनीको भनाइ छ । 

    ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्षसम्म हुन सक्नेछ ।
    यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको छ । एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुने कार्यक्रममा जानकारी गराइएको छ । 

    बीवाईडी डल्फिनले अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ, जसले ३४० किमीको डब्लुएलटीपी रेन्ज प्रदान गर्छ । यसमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । 

    २०२५ संस्करणमा थपिएका नयाँ विशेषताहरूः
    १. नेपालका विविध भू–परिस्थितिमा प्रदर्शन सुधार गर्न स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन 
    २. रातको समयमा अझ राम्रो दृश्यता दिने प्रभावशाली एलईडी हेडलाइट्स 
    ३. उन्नत कुलिङ र हिटिङ कार्यक्षमतासहितको सुधारिएको एसी सिस्टम 
    ४. मोबाइल फोन एनएफसी की, ब्लुटुथ कि र प्यासेन्जर डोर स्विच जस्ता नयाँ नयाँ विशेष सुविधाहरू
    यस संस्करणमा नयाँ आकर्षक एटलान्टिस ग्रे रंग पनि थपिएको छ, जसले बीवाईडी डल्फिनको आधिकारिक कलर अप्सनलाई तीन अप्सनमा विस्तार गरेको छ । अब सो गाडी एट्लान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट कलरमा उपलब्ध हुनेछ । 

    यी सम्पूर्ण प्रविधि र विशेषता थपिएसँगै बीवाईडी डल्फिन २०२५ को मूल्य प्रतिस्पर्धात्मक रुपमा रु. ४१.१५ लाख राखिएको छ, जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको छ ।

    साथै, सार्वजनिक कार्यक्रममा बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उपलब्धि पनि मनाइएको थियो । जसअन्तर्गत २ हजार ४९०औं युनिट नेपालमा डेलिभर गरिएको हो ।

    बीवाईडी डल्फिन नेपालकै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याक बनेको छ, र यसको गति अझ तीव्र हुँदै गइरहेको कम्पनीको दाबी छ । बीवाईडी डल्फिन २०२५ हाल बीवाईडीका शोरूमहरू र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङको लागि उपलब्ध छ ।

  • सम्बन्धित विषय:

  • # बीवाईडी डल्फिन