शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन्:मन्त्री राणा

एक्सप्रेस पाना
आषाढ ९, २०८२ सोमबार
  • 310
    SHARES
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन्:मन्त्री राणा

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको भन्दै ११ जना भोलिसम्म भारत आइपुग्ने जानकारी दिएकी छिन् । 

    images

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतको परराष्ट्र मन्त्रालयको सहयोगमा ११ जना नेपाली उद्दार गर्न लागेको बताएकी हुन् । उनले गैरकानूनीरूपमा गएर जेलमा रहेका अन्य पाँच जनाको पनि उद्दारको पहल गरिरहेको बताइन् । 

    उनले भनिन्, जम्मा १६ जना इरानमा नेपाली हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियौं । उहाँहरुले आफ्नो नागरिकलाई हवाइजहाज पठाएर उद्दार गर्दै हुनुहुन्छ । त्यसमा नेपालीहरुलाई पनि ल्याइदिन्छु भन्नुभएको छ । ११ जना नेपाली मसाद भन्ने ठाउँमा पुग्नुभएको छ । आशा छ भोलिसम्म उहाँहरु भारत आइपुग्नुहुन्छ । इरानमा अन्य पाँच जना नेपाली गैरकानूनीरूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ । उहाँहरुलाई पनि उद्दार गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास गरिरहेको छौं ।’ 

    images

    त्यस्तै उनले विदेशमा रहेका नेपाली दूतावास ‘कुखुराको खोर’ भन्दा सानो भएको बताइन् । 

    सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन् । 

    उनले भनिन्,’हाम्रो राजदूतावासहरू हाम्रो वडा कार्यालय भन्दा नि राम्रो स्थितिमा छैनन् । म अस्ति जापान राजदूतावास गएको थिए, म डिप्रेस भएर फर्किए । फाइलको चाङले मान्छे बस्ने ठाउँ पनि छैन । कुखुराको खोर भन्दा सानो राजदूतावास ।’

    उनले विपिन जोशीको रिहाइको लागि कतार र संयुक्त अरव ईमिरेट्सका परराष्ट्र राज्य मन्त्रीहरु तथा इजिप्ट, टर्की र इरानका परराष्ट्र मन्त्रीहरुलाई पत्र लेखी अनुरोध गरेको जानकारी दिइन् । 

    क्रोयसियामा ३१ मेमा सवारी दुर्घटनामा मृत्यु भएका रबी महतो सुरीको शव नेपाल ल्याउन अपुग भएको रकम बैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकाले शव यथाशीघ्र नेपाल ल्याउन दूतावासले आवश्यक प्रकृया अगाडि बढाएको पनि उनले जानकारी गराइन् । 

  • सम्बन्धित विषय:

  • # आरजु राणा