काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमबिच नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको हो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले समूह विजेता बन्दै एसियन कपमा स्थान बनाउन नेपाली टोलीलाई शुभकामना दिए ।
एसियन छनोटमा नेपाल समूह ‘एफ’मा छ । नेपाल रहेको समूहमा आयोजक उज्वेकिस्तानसहित लाओस र श्रीलंका छन् ।
पहिलो खेलमा नेपालले असार १५ गते लाओसविरुद्ध खेल्दैछ भने दोस्रो खेलमा १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानविरुद्ध खेल्नेछ ।
नेपाली टोली
गोलरक्षक:अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ र अन्जना राना मगर
डिफेन्डर:गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइँ, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृता जैसी
मिडफिल्डर:विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बू, सविता राना मगर र सरस्वती हमाल
फरवार्ड: सावित्रा भण्डारी ‘साम्बा’, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।


