आइतबार, भाद्र २८ गते २०८३
images

यू-१६ इस्ट जोन कप:जापानविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 260
    SHARES
  • यू-१६ इस्ट जोन कप:जापानविरुद्ध पहिले बलिङ गर्दै नेपाल


    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले जापानविरुद्ध पहिले बलिङ गर्दै छ । 

    images

    सोमबार मलेसियामा हुन लागेको खेलमा नेपालले टस हारेर जापानविरुद्ध बलिङ गर्ने भएको हो । योसंगै जापानले पहिले ब्याटिङ गर्दैछ । 

    आज माल्दिभ्स र मलेसिया तथा सिंगापुर र इन्डोनेसियाबीच पनि खेल हुदैछ ।

    images

    कपमा नेपाल र जापान दुवैले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।


    यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप