काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपमा जापानले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ ।
मंगलबार टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको हो ।
जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर शुभम खनालले ५ विकेट लिए भने अभय यादवले २ तथा सुशील बहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट लिएका थिए ।


