आइतबार, भाद्र २८ गते २०८३
images

यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 225
    SHARES
  • यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित

    काठमाडौं । नेपालले जारी एसीसी यू-१६ इस्ट जोन कपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

    images

    मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले हराउँदै जित निकालेको हो । 

    जापानले दिएको ८१ रनको लक्ष्य पछाएको नेपालले १४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ३३ र शिवांश बजगाईंले अविजित ३८ रन बनाए । 

    images

    त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको थियो । 

    जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए ।

    त्यसैगरी नेपाली बलर शुभम खनालले ५ विकेट लिए भने अभय यादवले २ तथा सुशील बहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप