काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले ६ खेलाडी रिटेन गरेको छ ।
लुम्बिनीले नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको हो ।
रिटेन हुने खेलाडीमा रोहितसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम र तिलक भण्डारी छन् । रोहितले पहिलो संस्करणको एनपीएलमा लुम्बिनीको कप्तानी गरेका थिए ।
यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले ६ खेलाडी रिटेन गरिसकेका छन् ।



